आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना

युग संवाददाता     175 पटक पढिएको    

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं । मंगलबार देशका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कर्णालीका हिमाली भू-भागका थोरै स्थान तथा बाँकी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ। राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात हुने ठानिएको छ।

बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भू-भागका एक वा दुई स्थान हल्का हिमपातको प्रक्षेपण गरिएको छ। हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ।



मङ्गलबार २९, कार्तिक २०७९ ०१:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.