तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

युग संवाददाता     115 पटक पढिएको    

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं / आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आईतबार ६ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि गत शुक्रबारको मूल्यमा ६ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढ्दै आज एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



आइतबार २७, कार्तिक २०७९ ०६:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.