आज एकै दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

युग संवाददाता     122 पटक पढिएको    

आज एकै दिन  ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको कारोबारको अन्तिमदिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ हजार ३ सय रुपियाँले बढेर ९६ हजार ७ रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपियाँ रहेको छ । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपियाँले बढेर १२ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



शुक्रबार २५, कार्तिक २०७९ ०७:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.