प्रतितोला ९०० ले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

युग संवाददाता     189 पटक पढिएको    

प्रतितोला ९०० ले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं / यो साता सुनको मूल्य प्रति तोला ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि कायम रहेको मूल्यको तुलनामा यो शुक्रबारसम्म तोलामा ९०० ले सुनको मूल्य घटेको जानकारी दिएको हो ।

तिहारअघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो । जुन, ९०० रुपैयाँले घट्दै यो साताको शुक्रबारसम्ममा ९३ हजार १०० रूपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम छ ।

तिहारअघि सोमबारसम्म किनबेच भएको सुनको कारोबार आइतबार खुल्दा तोलामा १ हजार रूपैयाँले घटेको थियो । यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार बढेको थियो । जुन, बिहीबार र शुक्रबार घट्दै तोलामा ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । गत तिहारअघिको अन्तिम कारोबार दिनमा तोलामा १२ सय १५ रूपैयाँ रहेको चाँदीको मूल्य हिजो शुक्रबारसम्ममा १० रूपैयाँले बढेको हो । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ कायम छ ।



शनिबार १९, कार्तिक २०७९ ०६:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.