कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

युग संवाददाता     525 पटक पढिएको    

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ / मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ ।

विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित प्रणालीतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्चको सीमा तोकेको छ ।

खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।



मङ्गलबार ०१, कार्तिक २०७९ ०९:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal