समानुपातिक तर्फको मतपत्र छपाइ सकियो

युग संवाददाता     719 पटक पढिएको    

समानुपातिक तर्फको मतपत्र छपाइ सकियो

काठमाडौँ / मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सकिएको छ।निर्वाचन आयोगले जनक शिक्षा केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियका अनुसार संघ र प्रदेशका लागि आयोगले ४ करोड ५५ लाख मतपत्र छपाइ गरेको छ।संघका लागि एक करोड ९८ लाख ७१ हजार र प्रदेशका लागि दुई करोड १ लाख ८४ हजार मतपत्र छपाइ गरिएको हो।

चुनावका लागि एक करोड ७९ लाख मतदाता छन्।असोज २७ गते प्रत्यक्षतर्फका उम्मेदवारलाई निर्वाचन चिन्ह दिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ थालिनेछ।



शुक्रबार २१, असोज २०७९ ०२:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal