यी तीन गल्तीका कारण भयो दुर्योधनको पतन
भीमसँग पराजित भएपछि घायल दुर्योधनले श्रीकृष्णलाई सुनाए गल्ती
काठमाडौं । महाभारत युद्धको कारक दुर्योधन हुन् । दुर्योधनका धेरै गल्तीका कारण महाभारत युद्ध भएको थियो । सो युद्धमा पुरै कौरव वंशको समाप्त भयो ।
महाभारतसँग जोडिएको एक प्रचलित कथाका अनुसार जब युद्ध समाप्त भयो । दुर्योधनलाई भीमले पराजित गरे तब उनि जमीनमा लडेर औला देखाएर केहि भन्ने प्रयास गरिरहेका थिए ।
दुर्योधन निकै घायल भएका थिए । त्यसैले उनि केहि बोल्न सकि रहेका थिएनन् । यो देखेर भगवान श्रीकृष्ण उनि भएको ठाँउमा गए र कुराकानी गरे । तब दुर्योधनले तीन ठुला गल्तीका कारण युद्ध हार्नुपरेको बताए।
दुर्योधनले श्रीकृष्णसँग भने, ुमेरो पहलो गल्ती यो थियो कि मैले स्वयं नारायण अर्थात तपाईलाई नरोजेर तपाईको नारायणी सेनालाई रोजे ।ु
दुर्योधनले दोस्रो गल्ती सुनाए, ुजब मलाई आमा गांधारीले नग्न अवस्थामा बोलाएकी थिइन् । तब म कम्मर मुनिको भागमा पात लगाएर गए । यदि नग्न अवस्थामा गएको भए पुरै शरीर वज्र समान हुने थियो र मलाई कसैले पराजित गर्न सक्ने थिएन ।ु
दुर्योधनका अनुसार उनको तेस्रो गल्ती उनि युद्धमा सबैभन्दा अन्तिममा आउनु थियो । यदि उनि युद्धको सुरुवातमा नै आउथे भने कौरव वंशको विनाश हुवबाट जोगिन सक्ने थियो ।
दुर्योधनको कुरा सुनेर श्रीकृष्णले उनलाई भने, ुतिम्रो पराजयको सबैभन्दा ठुलो कारण तिम्रो अधर्मी आचरण हो। तिमीले सभामा आफ्नो कुलवधुको वस्त्र हरण गर्यौ। यो तिम्रो विनाशको कारणहरु मध्ये एक हो । तिमीले जीवनमा कयौ यस्ता अधर्म गरेका छौ जुन तिम्रो पराजयको मुख्य कारण बनेको छ ।ु
यसैकारण सबैले अधर्मबाट जोगिनु पर्छ । स्त्रीहरुको सधै सम्मान गर्नुपर्छ । आफ्नो आचरणमा सुधार ल्याउनुपर्छ । सतमार्गमा चल्नुपर्छ । जीवन छोटो छ महान पुरुषहरुको दृष्टान्तलाई महसुस गरेर अघि बढ्नुपर्छ । नत्र जीवन बर्बाद हुन सक्छ ।
प्रतिकृया दिनुहोस