देशभर थप ५४२ मा कोरोना संक्रमण पुष्टि, ४२१ जना निको

युग संवाददाता     197 पटक पढिएको    

देशभर थप ५४२ मा कोरोना संक्रमण पुष्टि, ४२१ जना निको

काठमाडौँ / पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ८२ पीसीआर परीक्षणमा २२४ र २ हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

२४ घण्टामा कुल ४ हजार ९३० नमुना परीक्षण गरिएको थियो ।बिहीबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ । २४ घण्टामा ४२१ जना निको भएका छन् । सोही अवधिमा ९७ हजार ६५७ जनाले कोरोना खोप लगाएका छन् ।



बिहिबार ०२, भदौ २०७९ ०७:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.