नागरिकता विवादले फेरि उल्झनमा परे राहुल गान्धी

विदेश

Yugnepal     997 पटक पढिएको    

नागरिकता विवादले फेरि उल्झनमा परे राहुल गान्धी

नागरिकता विवादले फेरि उल्झनमा परे राहुल गान्धी
नाम राहुल विन्ची, नागरिकता बेलायती 

काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको नागरिकता विवाद फेरि उठेको छ । भारतीय जनता पार्टी भाजपाका नेता तथा सांसद सुब्रमन्यम स्वामीले गान्धीको नागरिकता बेलायतको रहेको दावी गरेका छन् । 

स्वामीको उजुरीपछि गृह मन्त्रालयले गान्धीलाई पत्रकाटेको छ । पत्रमा १५ दिनभित्र जवाफ दिन भनिएको छ । 

स्वामीले व्यङ्ग्य कस्दै सामाजिक संजाल ट्वीटमा भनेका छन्, ‘के गृह मन्त्रालयले आज मेरो उजुरीपछि नोटिस जारी गरेको हो रु’

राहुल गान्धीको नागरिकताको विषयलाई लिएर पहिले पनि सवाल खडा भएको थियो । उनले अमेठबाट चुनाव लड्न उम्मेदवारी दर्ता गर्दा आपत्ति जनाइएको थियो । 

उनको शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाएर निर्दलिय प्रत्यासी धु्रवलाल कौशलले उम्मेदवारी रद्द गर्न माग गरेका थिए । 

राहुलमाथि नामको समेत आरोप लगाइएको छ । उनको वास्तविक नाम राउल विन्ची हो भनेर समेत बताइएको छ र उनीसंग बेलायती नागरिकता छ ।
 



मङ्गलबार १७, बैशाख २०७६ ०१:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal