अन्तरिक्षमै हराए नासाका विमान

विमानहरु अन्तरिक्षमै हराएका

Yugnepal     753 पटक पढिएको    

अन्तरिक्षमै हराए नासाका विमान

अन्तरिक्षमै हराए नासाका विमान
एजेन्सी  माघ २६ शनिबार


काठमाडौं । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था ९नासा०का दुई विमानहरु अन्तरिक्षमै हराएका छन् । नासाका अनुसार उक्त विमान मंगल ग्रह पार गरेसँगै हराएका छन् ।

नासाले पठाएको दुई रोबोटहरु ईभीई र वाल–ई अन्तरिक्षमै बेपत्ता भएका हुन् । उक्त विमानलाई अन्तरिक्षको निकै गहिराइमा पठाइएको थियो । नासाको अन्तरिक्ष एजेन्सीले अहिले उक्त विमान फेला पार्न नसकेको हो ।

यससँगै अब कहिल्यै पनि उक्त दुई विमानहरु फेला पार्न सकिने सम्भावना कम रहेको नासाले बताएको छ । उक्त विमानहरु हराएको  एक महिनाभन्दा बढी भइसकेको छ । एक महिनायता उक्त विमानहरुले कुनै पतिक्रिया दिएका छैनन् । अहिले उक्त विमानहरु मंगल ग्रहभन्दा १० लाख माइलभन्दा टाढाको दूरीमा रहेको बताइएको छ ।

नासाले भने उक्त विमानसँग पुनः सम्पर्कको लागि प्रयास भइरहेको बताएको छ । नयाँ वर्षको शुरुवातदेखि नै उक्त विमानबाट सूचना आउनमा ढिलाइ भइरहेको नासाले बताएको छ ।

यी दुई विमानहरुले केही महत्वपूर्ण सूचनाहरु पृथ्वीमा पठाउने गरेको थियो । यी विमानले अन्तरिक्षबाट केही महत्वपूर्ण फोटोहरु पनि पठाएको थियो । जसमा वाल ईले आफ्नै फोटो लिने गरेको थियो । ईभीईले भने सामान्य रोडियो साइन्सका सूचनाहरु पठाउने गर्थ्यो ।

यो  प्रविधि परीक्षणको क्रममा रहेकोले नासाले पूर्णरुपमा यसमा निर्भर भने नरहेको बताएको छ । उक्त विमानले अझै पनि तथ्यांकहरु पठाउन सक्ने तर यसलाई हासिल गर्न निकै लामो समय लाग्नसक्ने बताइएको छ । मंगल ग्रहसम्म पुग्दा यी विमानहरुको अवस्था ठिक थियो तर डिसेम्बर २९ यता भने अहिलेसम्म कुनै पनि सन्देश पाउन सकिएको छैन ।

यी विमानमा प्रयोग गरिएको ब्याट्रिमा समस्या आएर पनि उनीहरु हराएको हुनसक्ने अधिकारीले बताएका छन् ।

नासाले यसै किसिमको अर्को प्रविधिको विकास गर्ने बताएको  छ । यसले विमानलाई निकै सस्तो र सहज ढङ्गले प्रक्षेपण गर्न सकिन्छ । त्यसका साथै आगामी दिनमा अन्तरिक्षको अध्ययनका लागि योजना महत्वपूर्ण हुने बताइएको  छ ।  

 



शनिबार २६, माघ २०७५ ०२:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.