देशभर थप ७ सय ८१ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

युग संवाददाता     224 पटक पढिएको    

देशभर थप ७ सय ८१ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

काठमाडौँ / पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ सय ७१२ जनामा परीक्षण गर्दा ७ सय ८१ जनामा संक्रमण देखिएको हो।

२ हजार २९० पीसीआर परीक्षण गरिएकोमध्ये ४१९ जनामा र २ हजार ४२२ एन्टीजेन परीक्षण गरिएकोमा ३६२ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ५ सय ११ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप २ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ८४ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।



शुक्रबार २७, साउन २०७९ ०६:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.