नुवाकोटमा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प

युग संवाददाता     236 पटक पढिएको    

नुवाकोटमा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प

काठमाडौं / नुवाकोट केन्द्रबिन्दु भएर शनिबार बिहानै भूकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँलगायतका स्थानमा महसुस गरिएको थियो । यसअघि साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। हालसम्म यसै महिनामात्र ४ वटा पराकम्पन गइसकेका छन्।



शनिबार २१, साउन २०७९ ०७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.