लागू औषधिसहित ५ जना पक्राउ

युग संवाददाता     302 पटक पढिएको    

लागू औषधिसहित ५ जना पक्राउ

काभ्रे / लागूऔषधको रुपमा प्रयोग हुने विभिन्न औषधिसहित ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट सादा पोसाकमा खटिएको प्रहरी गस्ती टोलीले डाईजिपाम, फेनेरागन र नोफिम ३०२र ३०२ एम्पुलसहित ९ सय ६ एम्पुल लागूऔषध बरामद भएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार बरामद भएको उक्त लागूऔषध हालसम्मकै धेरै हो । बाराको पिपरपाती गाउँपालिका –४ का अन्दाजी ३५ वर्षीय समसोदिन मिया, बनेपा–१० का २८ वर्षीय सबिन हुमागाईं दुवैले बोकेको झोलामा बरामद भएपछि अनुसन्धानको लागि बनेपाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मिया र हुमागाईंले उक्त औषधि कलैया–५ की ३० वर्षीय संगिता चौधरीले ल्याइदिएको बयान दिएका थिए । चौधरीलाई पनि बनेपाबाटै नियन्त्रणमा लिइएको छ ।

चौधरीले वीरगञ्ज –२४ का २४ वर्षीय शेषनाथ साह र कलैया–१२ बस्ने २३ वर्षीय पवनकुमार साहले वीरगन्जबाट ल्याएको भनि खुलाएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरुलाई विरगञ्जबाटै पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए 



सोमबार १६, साउन २०७९ १०:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal