अर्थमन्त्री विवाद : छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेस उपसभापति खड्काको माग

युग संवाददाता     453 पटक पढिएको    

अर्थमन्त्री विवाद : छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेस उपसभापति खड्काको माग

काठमाडौं । नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे तत्काल छानबिन गर्न माग गरेका छन् ।

बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति बनाउन उपसभापति खड्काले माग गरेका हुन् । सो प्रकरणलाई ढाकछोप गर्न अर्थमन्त्रालयको सीसीटीभी फुटेज डिलिट गरेपछि अर्थमन्त्रीको राजिनामा माग गर्दै सदनदेखि सडकसम्म आवाज उठेको छ ।

बजेट निर्माणको बेलाको विषय संसद र संसद बाहिर चासोको रुपमा हेरिएको भन्दै उअर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षका लागि बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराएको भन्दै सरकारको पनि आलोचना भइरहेको छ ।

अर्थमन्त्रीले शर्माले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।नले यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाउन उपसभापति खड्काले माग गरेका हुन् ।



बुधबार २२, असार २०७९ ०९:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal