यस्तो छ वेष्ट इन्डिजको विश्वकप खेल्ने टिम

खेलकुद

Yugnepal     1046 पटक पढिएको    

यस्तो छ वेष्ट इन्डिजको विश्वकप खेल्ने टिम

यस्तो छ वेष्ट इन्डिजको विश्वकप खेल्ने टिम
विश्वकपमा कसले कति पटक उचाले कप
काठमाडौं । वेष्ट इन्डिजले ढिला गरी इंगल्याण्ड र वेल्समा हुने विश्वकप एक दिवसीय क्रिकेटका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको छ ।

जासन होल्डरको कप्तानीमा रहने टिममा क्रिस गेल, आन्द्रे रसेल, एस्ले नर्स, कार्लोस प्राथवेत, ड्यारेन ब्राभो, एभिन लेविस, फावियन एलन, केमार रोच, निकोलस पुरन, ओशाने थोमस, शाइ होप, शान्नन गाब्रियल, शेल्डन कोट्रेल र शिम्रन हेट्मयेर रहेका छन् ।

सन् १९७५ देखि सुरु भएको एक दिवसीयको विश्वकपमा सुरुआतका दुई संस्करण जितेर वेष्ट इन्डिजले तहल्का पिटे पनि त्यसपछि भने फितलो रहँदै आएको छ ।

वेष्ट इन्डिज तीन पटक फाइनलमा पुगे पनि उपाधिमा ह्याट्रिक गर्न सकेन । विश्वकपमा सबैभन्दा सफल टिम अष्ट्रेलिया हो । अष्ट्रेलियाले ७ तथा भारतले २ पटक उपाधि जितेको छ ।

श्रीलंका र पाकिस्तानले १–१ पटक विश्वकप जितेका छन् ।

इंगल्याण्ड ३ पटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । विश्वकपको ११ औं संस्करणसम्म न्युजिल्याण्ड एक पटक फाइनलमा पुगेको थियो ।

मे ३० तारिखदेखि विश्वकपको १२ औं संस्करण सुरु हुँदैछ ।

 



बिहिबार १२, बैशाख २०७६ ११:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal