सुदूरपश्चिम सरकारको आधा बजेट भौतिक पूर्वाधारमा

युग संवाददाता     426 पटक पढिएको    

सुदूरपश्चिम सरकारको आधा बजेट भौतिक पूर्वाधारमा

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० मा कुल विनियोजित बजेटको आधा हिस्सा प्रदेशको भौतिक पूर्वाधार विकासको क्षेत्रमा खर्च गर्ने भएको छ।

सडक पूर्वाधार, उर्जा, सिंचाइ तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाइ, आवास, सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न १८ अर्ब २६ करोड ४७ लाख विनियोजन गरेको प्रदेशसभामा बजेट बक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले जानकारी दिए ।

भौतिक पूर्वाधारको क्षेत्रमा छुट्याइएको यो बजेट कुल विनियोजित ३६ अर्ब ७४ करोको झण्डै आधा हो । प्रदेश सरकारले पूर्वाधारतर्फ खासगरि बहुवर्षीय योजनाका रुपमा कार्यान्वयन भइरहेका प्रदेश गौरव र रणनीतिक महत्व बोकेका सडक, सिंचाइ सुविधा विस्तार, खानेपानी सेवा विस्तार जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट छुट्याएको छ ।

प्रदेश गौरवका सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताएका आर्थिक मामिला मन्त्री रावलले रणनीतिक महत्वका सडकका लागि एक अर्ब ५३ करोड, स्थानीय तहका केन्द्रलाई नजिकका राजमार्गसँग जोड्न प्रादेशिक सडक सुधार कार्यक्रम सञ्चालन गर्न एक अर्ब १५ करोड समेत गरेर सडक पूर्वाधार निर्माण तथा विस्तारका लागि कुल पाँच अर्ब ६० करोड विनियोजन गरिएको बताए ।



बिहिबार ०२, असार २०७९ ०१:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal