त्रिविमा पाँच महिनादेखि लागेको ताला आज खुल्ने

युग संवाददाता     476 पटक पढिएको    

त्रिविमा पाँच महिनादेखि लागेको ताला आज खुल्ने

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो।  नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।

‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,’ नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

एमाले निकट विद्यार्थी संगठनले तीनदिन भित्र ताला नखोले आफूहरुले ताला फोड्ने चेतावनी दिएको थियो। त्यस्तै त्रिविको तालाबन्दीबारे संसदमा जोडदार माग उठेपछि नेविसंघ लचिलो भएको हो।  



शुक्रबार २७, जेठ २०७९ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal