सरकारलाई विप्लवको चेतावनी  सशक्त प्रतिरोधका लागि बाध्य नपारियोस्

राजनीति

Yugnepal     842 पटक पढिएको    

सरकारलाई विप्लवको चेतावनी  सशक्त प्रतिरोधका लागि बाध्य नपारियोस्

 

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवुले आफ्नो पार्टीमाथिको दमन नरोकिए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सशक्त प्रतिरोधका लागि आफूहरुलाई बाध्य नपार्नसमेत भनेका छन्।

ुकेपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, नेता कार्यकर्ताको गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं। हामी अहिले पनि भन्दैछौं हामीलाई बाध्य नपारियोस् विज्ञप्तिमा भनिएको छ।

उनले जनताको साथ लिएर गरिने यस्तो प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवारी सरकारले लिनुपर्नेसमेत जिकिर गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय सदस्यहरु चुडामणि ओली ुआदर्शु, चन्द्रबहादुर खड्का असलु र विश्वलाई सरकारले पक्राउ गरेको जनाउँदै उनले गिरफ्तारीमा पर्ने सबै नेताकार्यकर्ताको रिहाइको माग गरेका छन्। नेता विप्लवले पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई चरम यातनासमेत दिइएको दाबी गरेका छन्।

 नेपाल लाइभ



आइतबार ०८, बैशाख २०७६ ०९:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal