जनतामा भ्रम सिर्जना र व्यापक ध्रुवीकरण गर्न खोजियो  नेता बस्नेत

युग संवाददाता     499 पटक पढिएको    

जनतामा भ्रम सिर्जना र व्यापक ध्रुवीकरण गर्न खोजियो  नेता बस्नेत

धनगढी फागुन १० नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई चारमुखे भएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सिंहको उपमा दिएका छन् । एमसीसी पास गर्नेमा प्रचण्ड र माधव नेपाल बीच देखिएको एक किसिमको भूमिकाले जनतामा भ्रम सिर्जना र व्यापक ध्रुवीकरण गर्न खोजिएको बताए ।

उनले भने, ‘वास्तममा केपी ओली बालुवाटारमा भए पनि बालकोटमा भएपनि केपी ओली, केपी ओली नै हुन् । केपी ओली सिंह हुन्, सिंह, सिंहदरबारमा जाँदैन । सिंह जहाँ बस्यो, सिंहदरबार त्यही आउँछ भन्ने कुरा आज पुष्टि भएको छ ।’ एमसीसीका मामलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएका समेत बताए। जसका कारण एमसीसीको नाममा अहिले मुलुकमा एक किसिमको द्धन्द बनाउन खोजिएको आरोप लगाए ।

‘हामीले पहिला पहिला भगवान बर्माका चार मुख हुन्छन् भन्ने सुनेका थियौँ, तर आज प्रचण्ड र नेपालका चार(चार मुख देखिएका छन् एमसीसीमाका सम्बन्धमा,’ उनले भने, ‘उहाँहरू एमसीसी परियोजनालाई चिठ्ठी लेखेर पाँच महिना भित्र एमसीसी पास गर्छौँ भन्न पनि भ्याउनुहुन्छ । उहाँँहरु प्रधानन्याधिसलाई महाअभियोग लगायौ भने हामी एमसीसी पास गछौँ गठबन्धन पनि जोगाउँछौँ भन्न पनि भ्याउनुहुन्छ ।’

मुलुकलाई भिडन्त र द्वन्द्वमा लैजाने अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान बनाउने परिस्थिति बनेको छ यसको जिम्मेवारी अहिलेको गठबन्धने लिनुपर्ने बताए । ‘आफ्ना कार्यकर्तालाई जुन रूपमा सडकमा पठाएर मुलुकमा द्वन्द्व सिर्जना भइरहेको छ नि यसको जिम्मेवारी चारमुखे प्रचण्ड र नेपालले लिनुपर्छ,’ उनले भने ।अहिलेको गठबन्धन मुलुकलाई आवश्यक नरहेको समेत बताए । नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा दलीय व्यवस्थाबारे जानकार नै नरहेको आरोप लगाए । ‘उहाँले गुरिल्ला शासन व्यवस्थाबारे अध्ययन गरेको जस्तो देखिन्छ,’ बस्नेतले भने, ‘त्यही व्यवस्थाअनुसार उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ, संसदीय व्यवस्थाअनुसार सभामुखको भूमिका निर्वाह गर्न उहाँ असफल हुनु भएको छ ।’बस्नेतले प्रचण्ड र माधव नेपालका कारण एमसीसी गिजोलिएको बताए ।

प्रचण्ड र माधव नेपालले संसदमा एउटा र बाहिर एउटा बोल्दै एमसीसीलाई विवादको विषय बनाएको र उनीहरूकै कारण एमसीसी अन्तर्राष्ट्रियकरण भएको बताए । ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड, नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ उनले भने, ‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लग्नु पर्दछ ।’ एमाले गठबन्धन कायम रहँदासम्म एमसीसीका विषयमा केही नबोल्ने बताउँदै उनले गठबन्धन नरहेमा आफ्ना धारणा राख्ने बताए । गठबन्धन कायमै रहेका वेला एमालले एमसीसी पारित गर्न सहयोग नगर्ने पनि उनले बताए । इन्चार्ज बस्नेतले आगामी चुनावमा माओवादीसँग तालमेल हुने कुनै सम्भावना नरहेको बताए । ‘एमालेलाई फुटाउने र आफ्नै सरकार ढालेर रमिता देखाउने माओवादीसँग हाम्रो तत्काल कुनै तालमेल हुँदैन,’ उनले भने, ‘प्रचण्डलाई एक्लाएरै छोड्छौं।



मङ्गलबार १०, फागुन २०७८ ०५:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.