एमालेले लगायो सुदूरपश्चिमका उम्मेदवार टुंगो

युग संवाददाता     28 पटक पढिएको    

एमालेले लगायो सुदूरपश्चिमका उम्मेदवार टुंगो

 

धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ।

कैलाली क्षेत्र नं। १ मा द्वारिका न्यौपाने, २ मा सूर्यबहादुर थापा, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा यज्ञराज ढुङ्गाना उम्मेदवार बन्ने भएकमा छन् ।

यस्तै,कञ्चनपुर क्षेत्र नम्बर १ मा कमला बोहरा, २ मा वचनबहादुर सिंह र ३ मा दीपक भट्टलाई टिकट दिइएको भने अछाम क्षेत्र नम्बर १ मा झपटबहादुर बोहरा र २ मा यज्ञ बोगटीलाई टिकट दिइएको छ।

बाजुरामा लालबहादुर थापा,डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङ अफिलाल ओखेडा,बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाइएको एमालले जनाएको छ ।



आइतबार ०५, माघ २०८२ १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal