भारतको राष्ट्रिय काँग्रेसकी प्रवक्ता प्रियंकाद्वारा पार्टी परित्याग

विदेश

Yugnepal     928 पटक पढिएको    

भारतको राष्ट्रिय काँग्रेसकी प्रवक्ता प्रियंकाद्वारा पार्टी परित्याग

भारतको राष्ट्रिय काँग्रेसकी प्रवक्ता प्रियंकाद्वारा पार्टी परित्याग

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टी परित्याग गरेकी छिन् । प्रवक्ता चतुर्वेदीले अध्यक्ष राहुल गान्धीलाई सम्बोधन गरी राजीनामा दिएकी हुन् । उनले  बिहीबार पार्टी विरुद्ध कडा टिप्पणी गरेकी उनले शुक्रबारदेखि नै आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा पार्टीको प्रवक्ताको पद हटाएर आफूलाई लेखिका र कोलमिस्ट उल्लेख गरेकी थिइन्। 

बिहीबारसम्म उनको ट्वीटरमा ‘राष्ट्रिय प्रवक्ता काँग्रेस’ उल्लेख गरिएको थियो । शुक्रबार उनले आफ्नो ट्वीटर ह्याण्डलबाट बायो परिवर्तन गरेकी हुन् । 

प्रियंकाले बुधवार काँग्रेस पार्टी भित्र मेहनत गर्ने नेताहरुलाई स्थान नदिएर गुण्डाहरुलाई स्थान दिईने गरेको आरोप लगाएकी थिईन् । कांग्रेस प्रवक्ताले एक ट्वीटमा रि(ट्वीट गर्दै कांग्रेस कार्यकर्ताहरुद्वारा उनका साथ गरिएको अशिष्ठ व्यवहारको समेत सवाल उठाएकी थिईन् । यस पत्रका अनुसार केही महिना पहिले प्रियंकाले राफेल डीलबारे मथुरामा एक प्रेस कन्फ्रेन्स गरेकी थिइन् । सोही समयमा काँग्रेसका स्थानीय नेताहरुले उनलाई दूर्व्यवहार गरेका थिए ।

कांग्रेस नेताहरुको यस गलत कामको गुनासो प्रियंकाले पार्टीसँग गरेकी थिइन्। पत्रका अनुसार गुनासो पाएपछि कांग्रेसले आरोपी नेताहरुलाई निलम्बन गरेको थियो तर, उनीहरुलाई निलम्बन फुकुवा गर्ने फैसला गरेको छ। प्रियंका चतुर्वेदीले ट्वीटमा भनेकि छिन्, ुम यस कुरामा एकदमै दुखी छु कि पार्टीका लागि रगत पसिना बगाउने नेताको साँटो पार्टीले गुण्डाहरुलाई काखी च्यापेको छ । जसले मलाई पार्टी भित्र धम्की दिएका थिए । उनीहरु बचेका छन् । उनीहरुको विरुद्ध कारबाही नहुनु दुखद् कुरा हो .



शुक्रबार ०६, बैशाख २०७६ ०६:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal