नेकपा महासचिवलाई सञ्चारमन्त्रीको झटारो - सरकारका प्रवक्ताले अनुहार हेरेर नहुने

राजनिति

Yugnepal     929 पटक पढिएको    

नेकपा महासचिवलाई सञ्चारमन्त्रीको झटारो - सरकारका प्रवक्ताले अनुहार हेरेर नहुने

नेकपा महासचिवलाई सञ्चारमन्त्रीको झटारो( सरकारका प्रवक्ताले अनुहार हेरेर नहुने

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले  राष्ट्रको सम्पत्ति संरक्षण गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको प्रस्ट पारेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित संवाददाता  सम्मेलनमा प्रस्तुत जिज्ञासाको जवाफमा सरकारका प्रवक्ताले अनुहार हेरेर व्यवहार नहुने र अनियमितामा मुछिएकालाई कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा नेकपाका महासचिव बिष्णु पौडेलको नाम सार्वजनिक भएको थियो । प्रवक्ता  बास्कोटाले भने, “पद र ओहोदा हेरेर हुँदैन, नियमानुसार कारबाही प्रक्रिया अघि बढिसकेको छ ।”

 महासचिव  पौडेलको पुत्रको नाममा उक्त स्थानको आठ आना जग्गा रहेको छानबिन समितीको प्रतिवेदन मार्फत सार्वजनिक भएको हो ।  

यसअघि नेकपाका प्रभावशाली नेता एवं प्रधानमन्त्रीका निकट महासचिव पौडेलको छोरा नविन पौडेलका नाममा जग्गा बारे सरकारका प्रवक्ता  बास्कोटाले प्रेस सम्मेलनमा माहसचिव ठगिएको बताउदै उनको नियत खराब होईन भन्ने आसयको कुरा राखेका थिए ।

अपराध, भ्रष्टाचार, अनियमिता, सरकारी सम्पत्ति दुरुपयोग विरुद्धको अभियानमा सरकार लागेको जानकारी दिँदै उनले त्यस्ता गतिविधि गर्नेलाई निस्तेज बनाएरै छाड्ने सरकारको प्रण सुनाए  ।

पौडेलले उमा ढकालबाट जग्गा किनेको मालपोतको रेकडमा रहेको छ। ढकाल नवलपरासीका नेकपाका नेता डा। सोभाकान्त ढकालकी श्रीमती हुन्। पौडेल र ढकाल बिच पुरानो राजनीतिक सम्बन्ध रहेको सार्वजनिक भैसकेको छ।

बि।स। २०६१ सालमा बालुवाटारको उक्त जग् ५० हजार आनामा किनेको मालपोतको रेकडले देखाएको पनि सार्वजनिक भैसकेको छ। त्यो समयमा उक्त मुल्य आफैमा प्रश्नको घेरामा रहेको छ।



शुक्रबार ०६, बैशाख २०७६ ०९:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal