विधान महाअधिवेशन वरिष्ठ उपाध्यक्ष, उपमहासचिवसहित १५ पदाधिकारी रहने

युग संवाददाता     624 पटक पढिएको    

विधान महाअधिवेशन वरिष्ठ उपाध्यक्ष, उपमहासचिवसहित १५ पदाधिकारी रहने

काठमाडौं असोज १७  । नेकपा एमालेको विधान महाधिवेशनले १५ पदाधिकारी हुने निर्णय भएको विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा जानकारी दिए। उनले उक्त कुरा हलमा उठेका प्रश्नहरूलाई मध्यनजर गर्दै संशोधित भएको पनि जानकारी दिए। 

एमालेमा अब एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष एकसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ५ सचिव रहनेछन्। एमालेमा अब १५ सदस्यीय पदाधिकारी रहने पनि पौडेलले जानकारी दिए। 

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज समापन हुँदै छ।

महाधिवेशनमा प्रस्तुत दस्ताबेजहरूमाथि उठेका प्रश्नहरूको जवाफ अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले दिएपछि महाधिवेशन विधिवत् रूपमा समापन हुनेछ । समापन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । पार्टीका उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन् । त्यसपछि महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् भने अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरूको जवाफ दिने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाइ महिलासहित नेपाली समाजको विविधता प्रतिबिम्बित हुने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटीले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको कूल सदस्य सङ्ख्याको बढीमा १० प्रतिशत आफ्नो कमिटीमा सदस्य मनोनीत गर्न सक्ने र अन्य पार्टी वा राजनीतिक समूहबाट यस पार्टीमा समाहित हुन आउने योग्यतम व्यक्तिमध्येबाट बढीमा १० प्रतिशत सदस्य मनोनीत गर्न सक्ने व्यवस्था गरिएको छ । 


विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची छ । त्यसै गरी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ । शुक्रवार अध्यक्ष ओलीले उद्घाटन गरेको सो महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरू सहभागी रहेका छन् । 



आइतबार १७, असोज २०७८ ०२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.