नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरु

युग संवाददाता     1168 पटक पढिएको    

नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरु

ललितपुर असोज १५। नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाईलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गरेका हुन् ।

विधान महाधिवेशनमा देशभरका ६ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा आज नै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् सङ्गठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।

शनिबार समूहगत रूपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरू पारित हुनेछ । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता ज्ञवालीले बताए ।

एमालेले पहिलो पटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसीरको दोस्रो आयोजना हुनेछ । 



शुक्रबार १५, असोज २०७८ ०२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.