सुदूरपश्चिम सरकारले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

युग संवाददाता     937 पटक पढिएको    

सुदूरपश्चिम सरकारले ल्यायो ३० अर्ब ३३ करोडको बजेट


धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबारको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कम बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सभामा प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार बजेट विनियोजन गरिएको छ।

यसैगरी अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ १ अर्ब ७२ करोड ४५ लाख र वित्तीय व्यवस्थातर्फ ३० करोड बजेट विनियोजन गरिएको उल्लेख छ।

आगामी वर्षको बजेटमा पनि प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ।

यस्तै अस्पताल स्तरोन्नती तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तिकरण कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको छ।



बुधबार ०२, असार २०७८ ०८:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal