देशको अस्मितामाथि प्रहार हुँदा ओली सत्ता टिकाउने दाउमा छन्  रावल

युग संवाददाता     1366 पटक पढिएको    

देशको अस्मितामाथि प्रहार हुँदा ओली सत्ता टिकाउने दाउमा छन्  रावल

 

हाम्रा कुराबाट
  
काठमाडौं  चैत ११ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली जसपालाई विभाजन गरेर भए पनि सत्ता टिकाउने दाउमा रहेको आरोप लगाएका छन् ।

रावलले सत्ता र कुर्सी जोगाउन नेपालको अस्तित्व प्रतिकल हुने गरी ओली साँठगाँठमा तल्लिन रहेको हुनाले देशभक्त नागरिक सजक हुन अनुरोध गरेका छन् ।

ओली जनता समाजवादी पार्टी ९जसपा०का एक खेमाका नेताहरुसँग भेटघाट गरिरहेको प्रसंगलाई उल्लेख गर्दै नेता रावलले सामाजिक संजालमार्फत सबै नेपाली सजक हुन भनेका हुन् ।

नेता रावलले ट्वीटरमा लेखेका छन् ‘प्रधानमन्त्री केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ। देशभक्त नेपाली सजग होऔं १’

त्यस्तै प्रधानमन्त्री ओली देशको अस्मितामाथि प्रहार हुँदा मौन बसेको आरोप पनि रावलले लगाएका छन् । दार्चुलाको महाकाली किनारमा भारतले एकतर्फी रुपमा संरचना बनाउँदा सरकार चुप रहेको आरोप लगाएका हुन्। नेता रावलले यस विषयमा ओली रहस्यमय मौनतामा रहेको आरोप लगाएका छन्।

उनले भनेका छन् ‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रधानमन्त्री केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ। सत्ता र कुर्सीका सामु प्रधानमन्त्री केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो(रहस्यमय मौनता १’



बुधबार ११, चैत २०७७ ०१:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal