ओलीको दम्भका कारण एकताको ढोका बन्द भएको निष्कर्ष निकाल्यौं माधव नेपाल

युग संवाददाता     1267 पटक पढिएको    

ओलीको दम्भका कारण एकताको ढोका बन्द भएको निष्कर्ष निकाल्यौं  माधव नेपाल

 


रातोपाटीबाट

काठमाडौं  चैत ४। एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताएका छन् । बुधबार आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पछिल्लोपटक ओलीसँग भएको छलफलपछि ओलीको दम्भ नहटेको भन्दै त्यसपछि पार्टी एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताएका हुन् । 


नेपालले ओलीसँग भएको वार्ताको प्रसंग उल्लेख गर्दै भने, ‘केपी ओली यो पार्टीलाई छिन्न भिन्न पार्न लागिरहनुभएको छ । उहाँको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्ष निकाल्यौ’, नेता नेपालको भनाई छ ।   त्यसक्रममा उनले पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि एमालेको १० औ र ११ औं बैठक नराखी एकैचोटी १२ औं बैठक बोलाएको भन्दै कहाँ गए दशौं र एघारौं बैठक भनेर ओलीलाई प्रश्न समेत गरेका छन् ।


नेता नेपालले ओलीको व्यक्तिवादी, अहंकारी र स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीमा संकट आएको बताए । ‘अहिले चैत ७ गते १२ औं बैठक बोलाइएको छ । कहाँ गयो १० औ र ११ औं बैठक रु नवौं बैठक बसेको थियो पहिले । एकैचोटी ७ गते १२ औं बैठक भनेर बोलाइयो । कारण के भन्दा यसबीचमा दुईवटा कागजमा सहि गराउनुभएछ दशौं र एघारौं बैठकका नाममा’ नेता नेपालले खुलाए । उनले विधान संशोधन र केन्द्रीय कमिटीमा मान्छे थप्ने निर्णय पनि आफूखुसी गरेको बताए । उनले ओलीसँग पछिल्लो पटक भएको छलफलमा समेत ओली फागुन २८ को निर्णयबाट पछि हट्न तयार नभएको बताए ।



बुधबार ०४, चैत २०७७ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal