सरकारी बैंकमा रोजगारीको अवसर, राष्ट्रिय बाणिज्य बैंकले माग्यो ६५१ जना कर्मचारी

अर्थ समाचार

Yugnepal     1124 पटक पढिएको    

सरकारी बैंकमा रोजगारीको अवसर, राष्ट्रिय बाणिज्य बैंकले माग्यो ६५१ जना कर्मचारी

सरकारी बैंकमा रोजगारीको अवसर, राष्ट्रिय बाणिज्य बैंकले माग्यो ६५१ जना कर्मचारी
। राष्ट्रिय बाणिज्य बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चौथो तहदेखि वरिष्ठ प्रवन्धक पदसहितका लागि ६ सय ६१ जना कर्मचारी नियुक्त गर्ने भएको हो ।

बैंकले केन्द्रिय कार्यलयको लागि वरिष्ठ प्रवन्धकको लागि दुई जना, प्रवन्धकको लागि ७ जना र उप प्रवन्धकको लागि ११ जनाको लागि दरखास्त आह्वान गरेको छ। यी तीन पदको लागि स्नातकोत्तर गरि अनुभवको आवस्यकता पर्नेछ। सम्बन्धित पदको लागि न्युनतम २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेको हुनु पर्नेछ।

त्यस्तै सहायक प्रवन्धकको लागि १ सय ४२ जना कर्मचारीको आह्वान गरिएको छ। यस पदका लागि कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्नेछ। न्युनतम २१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाले आवदेन दिन सक्ने छन्।

वरिष्ठ सहायक पदको लागि १ सय ९० जना कर्मचारी आह्वान गरिएको छ। बैंकले वरिष्ठ सहायक अन्तर्गत प्रशासन, कानुन, नगद र सुचना तथा प्रविधि तर्फ छुट्टा छुट्टै माग गरेको छ। वरिष्ठ सहायक पदका लागि सम्बधित विभाग अनुसारको क्षेत्रमा स्नातक गरेको हुनु पर्नेछ।

बैंकले प्लस टु पास गरेकाहरुको लागि प्रदेश स्तरका कार्यालयहरुमा ३ सय ९ जना कर्मचारीको लागि आजदेखि दरखास्त आह्वान गरेको छ . बैंकिङ खबर



सोमबार २५, चैत २०७५ ०८:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal