आज शुक्रबार,शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई दर्शनगरी २०७५ चैत्र २२ गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।

Yugnepal     1013 पटक पढिएको    

आज शुक्रबार,शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई दर्शनगरी २०७५ चैत्र २२ गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।

आज शुक्रबार,शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई दर्शनगरी २०७५ चैत्र २२ गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।


वि।सं।२०७५ साल चैत्र २२ गते । शुक्रबार । ईश्वी सन् २०१९ अप्रिल ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि औंषि,२० घडी ३६ पला,दिउँसो ०२ बजेर ०७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र रेवती, अहोरात्र । योग ऐन्द्र,४० घडि ५३ पला,बेलुकी १० बजेर १४ मिनेट उप्रान्त वैधृति । करण नाग,दिउसो ०२ बजेर ०७ मिनेट उप्रान्त किंश्तुध्न,रातको ०२ बजेर ४० मिनेट उप्रान्त बव । आनन्दादिमा श्रीवत्स योग ।

मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ०परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।

बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो०व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउँने योग रहेकोछ । अध्यनमा प्रगति हुँनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।

मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा०नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ । व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ ।

कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो०नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावासमयमा प्रशस्त समय खर्चिए पनि थोरै नाफा हुनेछ । सहयोगी तथा आफन्तले हात झिक्नाले समस्या बढ्नेछ । आषा देखिउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे०सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ ।

कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो०भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउँने दृष्यहरु मन मुटुमा कैद गर्न पाउँद मन प्रफुल्लित हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ ।

तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते०अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ ।

बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०हतार गरेर गरिने कुनैपनि कामको नतिजा राम्रो नआउँने हुँनाले काम गर्दा ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य तथा पेट सम्बन्धि समस्या आउँन सक्छ । उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । माया प्रेममा सामान्य बिवाद हुँनेछ भने जीवन साथिसँगको मनमुटाबले काम गर्न असहज हुँनेछ । अन्य क्रियाकलापमा ब्यास्त रहनाले पढाई लेखाईमा नतिजा अरुतिरै जानेछ ।

धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आत्मिय मित्र तथा साथिभाईहरुको गलत सल्लाह मान्दा फन्दामा पर्न सकिन्छ ध्यान दिनहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा सहकारि क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानि हुँनेछ । पढाई लेखाईमा मन नजाने हँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी०न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ । दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँनाले व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ ।

कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । आर्थिक रुपमा सम्पन्न हुँन चालिएका कदमहरु बिफल हुने हुदा दैनिकी प्रभावित हुनेछ । बोल्दा वा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला गलत अर्थ लगाएर फसाउनेहरु हावि हुनेछन् । व्यापार व्यावसायमा लगानि गरेपनि आम्दानि कम हुनेछ भने कुटुम्बसँग मनमुटाब बढ्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची०बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउँन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।तपाईको दिन शुभ रहोस् ।



शुक्रबार २२, चैत २०७५ ११:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.