प्रचण्ड  माधव समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

नेकपा विवाद

युग संवाददाता     956 पटक पढिएको    

प्रचण्ड  माधव समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर
निर्वाचन आयोगमा पत्र दर्ता गरेर फर्किएका प्रचण्ड(माधव समूहका नेताहरु । तस्वीर स् चन्द्रबहादुर आले ।


अनलाइनखबरबाट 

८पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पुष्पकमल दाहाल प्रचण्ड( माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ ।

बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेको हो ।

नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । पाण्डेका अनुसार अरु ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको हो ।

बुधबार बसेको प्रचण्ड(माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निश्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो ।

यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।

छानबिन गरेर छिट्टै निर्णय दिन्छौं स् प्रवक्ता श्रेष्ठ

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुबै पक्षको निवेदनको जाँचबुझ गर्ने, छानबिन गरेर निर्णय दिने बताए । ‘दुबै पक्षबाट आएको निवेदनको जाँचबुझ गर्ने, छानबिन गर्ने,  दलको विधानमा रहेको व्यवस्थाअनुसार छ कि छैन, राजनीतिक दलहरुसम्बन्धी व्‍यवस्था अनुसार छ कि छैन भनेर आयोगले हेर्छ’ उनले भने ।

आयोगले यस विषयमा निर्णय दिन ढिला नगर्ने पनि श्रेष्ठले बताए । ‘तत्कालै अगाडि नबढाए निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको काम नै अवरुद्ध हुन सक्छ । त्यसैले यो छिट्टै टुंगिन्छ ।’



बुधबार ०८, पुष २०७७ ०५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.