‘नआत्तिनुस् सरकार तपाईंकै साथमा छ,यो विपत्तिले पारेको असर मिलेर सामना गर्ने हो,’   प्रधानमन्त्री ओली

राजनिति

Yugnepal     1077 पटक पढिएको    

‘नआत्तिनुस् सरकार तपाईंकै साथमा छ,यो विपत्तिले पारेको असर मिलेर सामना गर्ने हो,’   प्रधानमन्त्री  ओली

  प्रधानमन्त्री केपी शर्मा ओली बारा  पुगेर भने   ‘नआत्तिनुस् सरकार तपाईंकै साथमा छ,यो विपत्तिले पारेको असर मिलेर सामना गर्ने हो,’

बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा निरीक्षण गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको कलैया अस्पतालमा उपचार हुन नसकेका २ घाइतेलाई सँगै काठमाडौं ल्याएका छन्।प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बाराको कलैया अस्पतालबाट आफूसँगै त्यहाँ पुगेको सेनाको हेलिकप्टरमा राखेर घाइतेहरूलाई काठमाडौं ल्याएका हुन्।

बाराका १० वर्षीय बुलम महम्मद अन्सारीलाई वीर अस्पताल र बाराकै सुनीता देव ठाकुरलाई टिचिङ अस्पताल महाराजगञ्ज पठाएको उनले बताए। उनका अनुसार अन्सारीको स्पाइनल कर्ड भाँचिएको र ठाकुरको टाउको फुटेकाले कलैया अस्पतालमा उपचार हुन नसकेकोले काठमाडौं ल्याइएको हो।

दिउँसो हावाहुरी प्रभावित ठाउँको निरीक्षण गर्न गएका प्रधानमन्त्रीले बारा र पर्साका तीन अस्पतालमा भर्ना भएका घाइते र उनका आफन्तलाई भेटेका छन्।

बाराको कलैया अस्पताल र पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा पुगेर प्रधानमन्त्री ओलीले घाइते र घाइतेका आफन्त भेटेका हुन्। ‘फेटा गाउँपालिकाको उहाँले हवाई निरीक्षण गर्नु भयो त्यसपछि अस्पताल गएर बिरामी र बिरामीका आफन्तलाई भेट्नु भयो,’ प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले भने, ‘अस्पताल प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ।’

घाइते र उनीहरूका आफन्तलाई धेरै नआत्तिन प्रधानमन्त्रीले सम्झाए। ‘नआत्तिनुस् सरकार तपाईंकै साथमा छ,यो विपत्तिले पारेको असर मिलेर सामना गर्ने हो,’ प्रधानमन्त्रीलाई उदृत गर्दै संयोजक अधिकारीले भने।



बुधबार २०, चैत २०७५ ११:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal