एकैदिन ६३ जना सैनिकमा कोरोना पुष्टि

Yugnepal     862 पटक पढिएको    

एकैदिन ६३ जना सैनिकमा कोरोना पुष्टि
फाईल फोटो

 

धनगढी– कैलालीमा कार्यरत ६३ जना सैनिकमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा ६३ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएको हो।

उनीहरु सबै लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत छन्।

यसअघि शिक्षालयमा कार्यरत चार जनामा सेनामा संक्रमण पुष्टि भएपछि दुई सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो। 

यसअघि डोटीमा कार्यरत २१ ज्ना सैनिकमा पनि एकैदिन कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो। 



सोमबार २२, भदौ २०७७ ०५:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal