चिसापानीमा सर्तकता तहभन्दा बढी वर्षा

Yugnepal     1014 पटक पढिएको    

चिसापानीमा सर्तकता तहभन्दा बढी वर्षा


धनगढी । कैलालीको चिसापानीमा सर्तकता तहभन्दा बढी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा चिसापानीमा एक सय ४८ मिलिमिटर वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा एक सय मिलिलिटर, १२ घण्टामा एक सय २० मिलिलिटर र २४ घण्टामा एक सय ४० मिलिलिटर वर्षालाइ सर्तकता मानिएको छ ।

महाशाखा अनुसार चिसापानीमा एक घण्टामा शून्य दशमलब चार, तीन घण्टामा शून्य दशमलब ६ मिलिलिटर, ६ घण्टामा ६३ दशमलब चार मिलिलिटर, १२ घण्टामा एक सय ४७ दशमलब चार मिलिलिटर र २४ घण्टामा एक सय ४८ दशमलब चार मिलिलिटर वर्षा भएको छ ।

चिसापानीमा बढी वर्षा भएपनि नदीको सतह भने स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

आज दिउँसो प्रदेश १,  २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

ती स्थानहरू आसपास भएर बहने नदीमा जलसतह बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

त्यस्तै राति पनि यी प्रदेशहरूका केही(केही स्थानहरूमा पानी पर्ने अनुमान गरिएको छ। 

हाल तराई भू(भाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ। साथै मनसुनी वायुको प्रभावका कारण देशभरको मौसममा असर परिरहेको हो। 



मङ्गलबार १३, साउन २०७७ ११:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal