निर्मला हत्याको अनुसन्धानका लागि दुई डीआईजीलाई निर्देशन

Yugnepal     1144 पटक पढिएको    

निर्मला हत्याको अनुसन्धानका लागि दुई डीआईजीलाई निर्देशन
फायल फोटो

    कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको   छ ।

   बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षकआईजीपी शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन् ।

   प्रहरी प्रशासन माथि प्रश्न उठाएको यस घटनाको सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले अनुसन्धान टुंगोमा पु¥याउन नसकेपछि यसको जिम्मेवारी आईजीपी थापाक्षेत्रीको काँधमा आएको छ ।

  महानिरीक्षक थापाले यो घटना प्रहरीको छविसँग जोडिएकाले सुझबुझका साथ जतिसक्दो चाँडो टुंगोमा पु¥याउन सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र सीआईबी प्रमुख डीआईजी सहकुल थापालाई निर्देशन दिएका छन् । प्रदेश प्रहरीको नेतृत्वमा हुने अनुसन्धानमा सीआईबीले विशेष सहयोग गर्ने जनाइएको छ ।

   दुई वर्ष पहिले साउन १० गते हत्या गरिएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।



शुक्रबार ०९, साउन २०७७ ११:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal