साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात खुल्ने

Yugnepal     930 पटक पढिएको    

साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात खुल्ने

 

काठमाडौं  साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्। मंगलबार पत्रकार सम्मेलन गरेर यातायात व्यवसायीले साउन ८ गतेदेखि सबै यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्। 

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात सञ्चालनको घोषणा गरेका हुन्। 

सरकारले उपत्यका र अन्य जिल्ला भित्रमात्र सार्वजनिक सवारी साधन चल्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राख्दै सवारी साधन चलाएका थिएनन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव वसन्त भण्डारीका अनुसार सरकारले लामो दूरीका सवारी साधन सञ्चालनको विषयमा केही नबोले पनि व्यवसायीले सबै सवारी साधन सञ्चालन गर्ने योजना बनाएको सुनाए।  



बुधबार ०७, साउन २०७७ ०४:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal