गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित

Yugnepal     1017 पटक पढिएको    

गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित

 


बाजुरा ।  घरमाथिबाट आएको पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित भएका छन्। बिहीबारदेखि परेको अविरल वर्षाका कारण घर माथिबाट पहिरो आएपछि सिङ्गो परिवार विस्थापित भएको हो। घर माथिबाट पहिरो बग्न थालेपछि स्थानीयबासी त्रसित भएका छन्। 

एक हप्तादेखि निरन्तर परेको वर्षाका कारण १२ घरपरिवारमध्ये १० घरपरिवार विस्थापित भएका इलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाका प्रहरी नायब निरीक्षक बसन्त खातीले जानकारी दिए। पहिरोका कारण स्थानीय उज्ज्वल विक, गोरे विक, ज्ञामा विक, माने विक, गोरख विक, दीपक विक, अङ्ग विक, बिरु विक, धनबहादुर विक, दिनेश विकलगायतको घरमाथिबाट आएको पहिरोका कारण विस्थापित भएको प्रहरी नायब निरीक्षक खातीको भनाइ छ।

इलाका प्रहरी कार्यालय गौमुल गाउँपालिका घटमुनाबाट प्रहरीको टोली नै खटाएर पहिरोको अवस्थाबारे जानकारी लिएर मुचुल्कासमेत तयार गरिएको छ। घरको पछाडिबाट आएको पहिरोका कारण ६ घरपरिवार भने पूर्णरूपमा विस्थापित भएको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन्।

गाउँपालिका–१ को दुर्गाली, वडा नं ४ को गदाडा, ओस्तीबाडा वडा नं ६ को टुनीलगायतका टोल पहिराका कारण विस्थापित छन्। पहिरोको सबैभन्दा उच्च जोखिममा रहेका अन्द्राडी, शान्तिटोललगायतका बस्तीका जनतालाई गाउँपालिकाले वर्षातको तीन महिना अस्थायी बसोबासका लागि पालहरु दिएर सम्बन्धित वडाको लेकतिर बस्न यसअघि नै आग्रह गरिसकेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताइन्। 



आइतबार ०४, साउन २०७७ ०४:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal