सहकारीका अभियान्ता बमद्धारा एक महिनाको सटर भाडा छुट

Yugnepal     1000 पटक पढिएको    

सहकारीका अभियान्ता बमद्धारा एक महिनाको सटर भाडा छुट

धनगढी राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालन एवम् सहकारी अभियान्ता भोज बहादुर बमले एक महिनाको सटर भाडा छुट गरेको छ। आज आफ्नो जन्मदिनको अवसर पारेर कोरोनाका कारण लकडाउनले व्यवसायमा परेको मर्कोलाई बुझेर कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ स्थित मसुरिया बजारमा रहेका ६ वटा सटरमा व्यवसाय गरेकालाई एक महिनाको भाडा छुट दिएको नेपाल तरुण दलका केन्द्रीय प्रतिनीधि अमृत विसीले जानकारी दिए।

अभियान्ता बमले आज सहकारी अभियानले राष्ट्रिय अर्थतन्त्रदेखि ग्रामिण दुर दराजका जनताको आजिविकामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले सहकारी आन्दोलनले जनताको सहकारी प्रतिको अर्कषण बढ्दै गएको बताए।



शुक्रबार २६, असार २०७७ ०१:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal