पर्यटन मन्त्री सहभागी ‘जुम मिटिङ’मा पोर्न भिडियो

Yugnepal     978 पटक पढिएको    

पर्यटन मन्त्री सहभागी ‘जुम मिटिङ’मा पोर्न भिडियो


काठमाडौ नेपाल पर्यटन बोर्डले कोरोना साम्य भएपछिको पर्यटकीय गतिविधि कसरी सञ्चालन गर्ने वारे तयार पारेको प्रोटोकल सम्बन्धमा छलफल गर्न आज सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो।
जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला जुमको इन्टरफेसमा एक्कासि पोर्न भिडिओ तथा पोर्न भिडिओ ९अश्लिल आवाज ०आउने साइट सेयर भयो।
त्यसलगत्तै मन्त्रीले बोल्न छाडे र मिटिङ आयोजक पर्यटन बोर्डले तत्काल सेसन अन्त्य गर्‍यो।
२ सयजना बढी सहभागी उक्त मिटिङमा कुन अकाउन्टबाट कसरी अश्लिल भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ।



सोमबार ०८, असार २०७७ ०५:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal