बौद्धमा राजतन्त्र जिन्दावाद भन्दै हजारौं युवाहरु सडकमा

Yugnepal     2602 पटक पढिएको    

बौद्धमा राजतन्त्र जिन्दावाद भन्दै हजारौं युवाहरु सडकमा

काठमाडौ । काठमाडौको बौद्धमा ‘राजतन्त्र जिन्दावाद’ को नारा लगाउँदै हजारौं युवाहरु सडकमा निस्किएका छन् । गणतन्त्रले देश नै बेच्न लागेको भन्दै अब राष्ट्र र राष्ट्रियता जोगाउन देशमा राजसंस्था आवस्यक रहेको भन्दै युवाहरु सडकमा उत्रिएका हुन् ।

हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, भन्दै कोरोनाको कहरमा आफ्नो ज्यानको प्रभाह नगरी हजारौं युवाहरु सडकमा उत्रिएका छन् । विभिन्न संगठनमा आवद्ध युवाहरु राजसंस्थाको पक्षमा आन्दोलनको लागि अब एकठाउँमा उभिनुपर्ने बेला आएको भन्दै राजा लेराऔ देश बचाऔ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, अखण्ड नेपाल जिन्दावाद, गणतन्त्र मुर्दावाद लगाएतका  नारा लगाएका थिए।

रास्ट्रवादी युवा अभियन्ता विशेष तामाङको सक्रियतामा भएको कार्यक्रममा युवाहरू उल्लेख्य रुपमा उपस्थित थिए। यसैगरी कैलास कटुवाल, हिक्मत जंङ्ग कार्की, सौरभ भण्डारी, ज्ञानेन्द्र लामा, जनक फडेरा पनि उपस्थित थिए। कार्यक्रमको बारेमा संक्षिप्त कुराकानी गर्दै अभियन्ता विशेष तामाङले नेपाल र नेपालीको रक्षा राजसंस्थाले मात्रै गर्न सक्ने बताउदै राजसंस्था पुनर्स्थापनाको निमित्त युवाहरू एकजुट हुने जनाए। यसैगरी युवा अभियन्ता सौरभ भण्डारीले राजसंस्था नरहे मुलुक नै नरहने अवस्थामा पुगेको बताउदै राजसंस्थाको पक्षमामा देशब्यापी रुपमा सशक्त आन्दोलनको लागि एकताबद्ध हुँदै तयारी अवस्थामा रहन आव्हान गरे। कार्यक्रममा हिक्मत जंग कार्की, ज्ञानेन्द्र लामा, कैलास कटुवाल लगायतले आफ्नो भनाइ राखेका थिए भने प्रचण्डले संसदमा दिएको अभिव्यक्ति को विरुद्ध युवाहरूले आक्रोश व्यक्त गरे।रातोपाटी मिडियाबाट साभार



शुक्रबार ०५, असार २०७७ १२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal