कांग्रेसका नेता सिटौलाले  भने सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप

Yugnepal     1520 पटक पढिएको    

कांग्रेसका नेता  सिटौलाले  भने सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप

 

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले कोरोना महामारीकै बीच सरकार निरंकुशतातर्फ उन्मुख भएको बताएका छन्। नेता सिटौलाले लोकतान्त्रिक मूल्य मान्यतामाथि कम्युनिष्ट तानाशाही लाद्ने सम्भावना देखिएको बताए। 

जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले गरेको डिजीटल संवाद कार्यक्रममा बोल्दै नेता सिटौलाले लोकतान्त्रिक मूल्य मान्यता र शासन पद्धती कमजोर हुने खतरा रहेको औंल्याउँदै राज्य निरंकुशतातर्फ उन्मुख भएको बताए।  

सरकारले लकडाउनलाई कुनै न कुनै रुपमा जारी राखेर सरकार आफ्नो कमजोरीलाई लुकाउन खोजिरहेको बताए। 

कोरोनाको कारण उत्पन्न नयाँ परिस्थितिमा कांग्रेसले कार्यकर्तामात्र होइन देशका नागरिक तहमा जागरण ल्याउने गरि नयाँ नीति र कार्ययोजना लिएर आउनु पर्ने सिटौलाले बताए। सिटौलाले भने, ‘नयाँ जागरणको जगमा उभिएर नयाँ संगठन बनाउनु आवश्यक छ।‘ 

पार्टीमा जागरण पैदा गर्न पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने उल्लेख गर्दै नेता सिटौलाले भने, ‘कार्यतालिकाकलाई छोटो बनाएर महाधिवेशन तोकिएको समयमै गर्नुपर्छ।ु
 



शुक्रबार ३०, जेठ २०७७ ०७:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal