लकडाउन  जेठ २० सम्म  लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

Yugnepal     1248 पटक पढिएको    

लकडाउन  जेठ २० सम्म  लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

 

आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी 

बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ। 

यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो।

चैत ११ गतेदेखि गरिएको लकडाउन पटक पटक थपिँदै आएको छ।

साथै लकडाउनलाई कडाई गर्ने निर्णय पनि बैठकले गरेको छ। 



आइतबार ०४, जेठ २०७७ ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal