आइसोलेसन वार्डमै सुत्केरीको निधन, दोस्रो स्वाब परिक्षणको रिपोर्ट आउँदै

Yugnepal     1109 पटक पढिएको    

आइसोलेसन वार्डमै सुत्केरीको निधन, दोस्रो स्वाब परिक्षणको रिपोर्ट आउँदै

काभ्रेपलाञ्चोक। अस्पतालमा बिहिवार निधन भएकी सुत्केरी महिलाको बारेमा धुलिखेल अस्पतालले प्रष्ट सूचना समयमै नदिदा स्थानियमा अन्यौल र आशंका बढेको छ। 
 
बिहिवार निधन भएकी बाह्रबिसेकी सुत्केरी महिलाको पीसीआरको प्रारम्भिक रिपोर्टमा कोरोना पोजेटीभ देखिएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको विपद व्यवस्थापन समितिको वैठक बसी धुलिखेल अस्पताललाई सील गरेको छ। 

अस्पताल सील गरि अस्पतालका विरामी र स्वास्थ्यकर्मीहरुलाई कसरी सुरक्षीत राख्ने भन्ने बारेमा छलफल भइरहेको स्थानिय पत्रकार बद्रीराज तिमिल्सिनाले जानकारी दिए।   

त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भइ बाह्रबिसे गएकी चालिसे थरकी ति महिलामा कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि उपचारका लागि उनी धुलिखेल अस्पतालमा रहेको कोरोना विशेष वार्डमा आइपुगेको पत्रकार तिमिल्सिनाले बताए।  

बिहिवार राती ९ वजेतिर अस्पतालमा आइ भर्ना भएकी उनको सोहि राती नै निधन भएको स्रोतले बताएको छ। उनको निधनसँगै उनको स्वाब परिक्षण गरिएको थियो। अस्पतालमै गरिएको परिक्षणमा उनको रिपोर्टमा कोरोना पोजेटीभ देखिएपछि थप परिक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको अस्पताल स्रोतको दावी छ।

अस्पतालका कोरोना फोकल पर्सन तथा प्रवक्ता डा सुमन ताम्राकारले भने दोस्रो परिक्षणका लागि स्वाब टेकु पठाइएको बताएपनि महिलाको पहिलो टेस्ट पोजेटीभ आए नआएको बारेमा केहि बताएनन्। अस्पतालले संचारकर्मीलाई सहि सूचना नदिइरहेका कारण कतिपय अन्यौल भने छ। 

टेकुबाट रिपोर्ट आउन बाँकी रहेपनि जिल्लाको विपद व्यवस्थापनको वैठक बसी सतर्कता अपनाइएको छ। दोस्रो रिपोर्ट आएपछि मात्र मृतक महिलाको शबको अन्तिम संस्कारको टुङगो लगाउने अस्पताल स्रोतले जनाएको छ।  अहिले उनको शब अस्पतालमै छ।



शनिबार ०३, जेठ २०७७ ०४:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal