सुदुरपश्चिमका  हामी उत्ताउला ?

Yugnepal     1914 पटक पढिएको    

सुदुरपश्चिमका  हामी उत्ताउला  ?


कुनै दिन सरकारले सुदुरपश्चिम नाम राख्नको लागि मात्र टोली का टोलि बनाएर करोडौं भ्रष्टाचार गरे । कुनै व्यक्तिले सुदुरपश्चिमलाई मामावलीको दक्षिणा सम्झेर अखण्डका नारा लगाएर जनतालाई विभाजन गरेर मन्त्री भए । कुनै एकल समुदायको श्रीमतीको दाइजो सम्झेर जिन्दावाद र मुर्दावादको नारा यस पवित्र भूमिका सडक गल्ती तताएर स्वयं आफैलाई बहादुर घोषणा गरेर ।

जनताहरु तिनै मालिका रैती भएर कहिले सडकमा आए त कहिलेले चौरमा ताली बजाउदै मख्ख भए । तर पार्टी फेरिए प्रवित्ती फेरिएन सेती महाकालीको अवस्था फेरिएन ।सुदुरपश्चिम नाम भयो तर सरकार भएन । सुदुरपश्चिमको नामले प्रधानमन्त्री मन्त्री पायो तर ती मुर्दावाद र जिन्दावाद नारा लगाउने रैती जनता हुन सकेनन्  जनता हुन दिइएन । यसको ज्वलन्त उदाहरण सुदुरपश्चिमका भारतसंग जोडिएका सिमानाकामा याहाँका दाजुभाइ बाबुको क्रियाकर्म गर्छन्। बिरामी दिदिबहिनी हातमा औषधि र सलाइनको बोतल हातले लिएर धुरु धुरु रुन्छ कराउन्छन । विश्वमानव जगतमा कोरोना संकटमा अकरान्त छ प्रत्येक देशले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा सम्पुर्ण शक्ति लगाएर अगाडि बढेका छ्न ।

तर यस देशको यस सुदुरपश्चिम नामक प्रदेशका जनता विगत ५० दिन देखी सिमानाका अलपत्र छन । भारतको गल्लीमा अलपत्र छन रुन्छ कराउन्छ्न हारगुहार गर्छन् । ती भिडियो र ती तस्बिर हेरेर यो देशको प्रधानमन्त्री सुदुरपश्चिमका जनतालाई उत्ताउला भन्दछ्न । यो प्रदेशलाई मामावलीको दक्षिणा सम्झिनेहरु आज सांसद र मन्त्री भएका छन । तिनै ज्ञानि भद्र प्रधानमन्त्रीको कुर्सी बचाउनको लागि उत्ताउलो बन्न चाहादैनन । बरु चाकरीमा व्यस्त छन । सुदुरपश्चिम नामक सरकार तथा प्रमुख निरही निकम्मा भएर गोहीका आशु झारेर बसेका छन ।

एउटै दिनमा सिमा नाकामा पुगेका अरु प्रदेशका जनता कति दिनमा देशमा भित्रीए नेपालगन्ज देखि पुर्वतिर का नाकामा कति दिन जनता बसे । सुदुरपश्चिमको नाकामा बसेका जनतालाई कति दिन भयो भन्नेसम्म एकिन छैन । ती गोहीका आशु झार्ने मुख्यमन्त्री ज्यू लाई सम्भवत स् उनको क्षमता पुगेन या ती प्रभुको छत्रछायामा उत्ताउलो बन्न चाहादैन्न । एउटै देशमापनि फरक फरक कानुन र व्यबहार किन रु कुनै नाकाबाट २० देखी २६ दिन भित्र देश प्रवेश गर्न मिल्छ भन्ने सेती महाकालीको सिमा नाकामा विगत ५०६० दिन सम्म नेपाली दाजुभाइ दिदिबहिनी किन अलपत्र  ५५ प्रतिशत भन्दा बढी सुदुरपश्चिमेली यूवाको रोजगार स्थान भारत हो । त्यो देशमा रहेका नेपाली मजदुर प्रति सरकारको र दिल्ली स्थित नेपाली राजदुतावासको गलत रवैया किन 

अध्यन र रोजगारी लागि देशको संघीय राजधानीमा अलपत्र परेका सुदुरपश्चेमी यूवा मजदुर किन पटक पटक दुराग्रह किन  शिक्षा , स्वास्थ्य ,विधुत , संचार ,सुरक्षा  न्याय सबैमा रैती र रौतेला व्यबहार किन  यी अनगिन्ती प्रश्न कसले गर्ने  किन कि याहाँ त जनता नै रैती भइसके। देशको स्वर्णिम इतिहास सेती महाकालीका जनता बाट लेखिएको भन्ने इतिहासको यथार्थ नै जनता विर्सिए । अथवा यस भूगोलका राजनीतिक ठेकेदारले ठेक्का लिएर बसे

। सत्ता र कुर्सीको लागि जनतालाई गम्भीर भ्रममा राखेर जनतालाई भूगोल र प्रदेश नामाकरण प्रर्दाभित्र जनतालाई रैती बनाउने अनि तिनै रैतीको नाम भजाएर पटक पटक सत्ताको लुकिमारी खेलका नाइकेलाई सेती महाकाली को आम१दाजुभाइ दिदिबहिनीले राम्रोसँग चिन्नुपर्छ । देशको प्रधानमन्त्रीले हामीलाई उत्ताउलो भनीरहदा सोही क्याबिनेट रहेका मन्त्री ,सोही पार्टीमा रहेका सांसद टुलुटुलु १हेर्छ्न सुनदछ्न। र प्रदेश सरकार टुलुटुलु हेर्छ ।

जसलाई तिनै सिमामा बुबाको क्रिया गर्ने दाजुभाइ र दुई महिना देखी अलपत्र नागरिकले नै भोट हालेर सत्ता र शक्ति भएको ठाउँमा पुगाएको हो । काठमाडौमा स्याल बनेर चाकरी गर्ने सुदुरपश्चिम आए पछि बाघ बनेर सेती महाकाली का जनताको मान सम्मान र अधिकार को शिकार गर्ने ती अवसरवादी फ्याउराबाट जनता सचेत र सजग हुनै पर्छ। हामीले रैती होईन विवेकशील संघीय लोकतान्त्रिक गणतन्त्रको जनता हुनुपर्छ । हामीले राजा महेन्द्रकालको सुदुरपश्चिमेली रैती होइन ।दशरथ चन्द , भिमदत्त पन्त ,द्वारिका देवी ठकुरानी , सेती महाकाली , खसाङ ,मानषखण्ड, खप्तड, अपि शैपाल , त्रिपुरा , मालिकाअर्जुन ,सुर्मादेवी ,उग्रतारा , शैलेश्वरी,बैजनाथ , बड्डीमालिका , शिद्वनाथ , घोडाघोडी ,बेहडाबाबा गोदावरी , जस्ता गौराविंन्त विभुती भएका प्रदेशको आदर्श नैतिकवान , जिम्मेवार , अनुशासित परिश्रमी र देशभक्त जनता हौ र हुनुपर्छ

प्रधानमन्त्री केपि शर्मा ओलिले भने जस्तो हामी उत्ताउला पनि होइनौं । हामी यो देशका शासकको हनुमान पनि होइनौं । हामीलाई उत्ताउला भन्नेहरुका झोले पनि होइनौं अरिगांल पनि होइनौं । हामी सुदुरपश्चिमको नाममा करोडौं खाने भ्रष्ट पनि होइनौं । हामी कुनै मन्त्रीका रैती पनि होइनौं । हामी काठमाडौमा बस्ने शासकका फ्याउरा पनि होइनौं । हामी संसार हसाउने नाटककार गफाडी पनि होइनौं हामी हत्यारा अपराधी अपहरणकारी पनि होइनौं । हामी दरबारलाई दाम चडाएर पदको लागि बिन्तिपत्र हाल्ने नक्कली गणतन्त्रवादी पनि होइनौं । हामी मदन भण्डारी जिवराज आश्री र प्रेम सिंह धामी को दुर्घटनाको योजनाकार पनि होइनौं । हामी भ्रष्टाचारीको धर्मपिता पनि होइनौं । हामी कुनै भूगोलको विरोधी पनि होइनौं । हामी कुनै जात, धर्म , लिङ्ग , समुदाय विशेष को विरोधी पनि होइनौं ।

होलान् त तपाईंका झोले तपाईंका हनुमान , तपाईंका कुर्सी बचाउ अभियन्ता ।त्यही भएर । हामी राष्ट्रप्रेमी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका जनता छौं । हामीले आफ्नो अधिकारको लागि लडन र बलिदानी गर्न जानेका छौँ । हामी सिमानाकामा बसौं या विश्वभरि श्रम गरेर बसौं तर संसार हसाउने काम गर्दैनौं । गर्छ्न त तिम्रा अरिगांल सेना र हनुमानरूपी भक्तहरुले । प्रधानमन्त्री ज्यू १ सुदुरपश्चिमेली जनताले तपाईंका हनुमान र तपाईंको पार्टीलाई भोट हालेको बदलामा आज हामी यस महासंकटमा सिमा देखी विश्वभर रोगले र भोग तड्पिएका छौं ।बुबाको क्रिया सिमानाकाको जंगलमा बसेर गरेका छौं । १ र१ महिना सम्म खाली खुट्टाले हिडेर घरमा पुग्दा बाटो बाटोमा पानी होईन पुलिस लाठी खाएका छौं । तिमिलाई भोट हाल्दा निर्मला पन्त जस्ती सयौं चेली गुमाएका छौँ । न्याय माग्दा शनि खुन्न जस्ता नबालकको टाउकोमा गोलि हानेर पुलिसले हत्या गरेको देखेका छौं ।

जनतालाई लकडाउनको नाममा घरमा भोकै थुनिएको बेला तिम्रा सण्ड मुण्डले सांसद अपहरण गरेको पनि देखेका छौं । नेपाली जनता रोग र भोगमा लकडाउनमा बसेको बेला राजनीति दल फोड्ने कानुन बनाएको पनि देखेका छौं ।तिमिलाई भोट हाल्दा बालुवाटारको जग्गा एन।सि।एल। कम्पनी बाट उठेको करोडौं कर , ३२ किलो सुनको पितल भएदेखि , वाइडबडीको साडे ६ खरब सरकारी ढुकुटी , स्वास्थ्य सामाग्रीमा ४२ करोड र सूचना तथा संचार प्रविधि मन्त्रालय सम्म सरकारी सम्पत्ति स्वाहा भएको हेरेका छौं । सिंहदरबार देखि वार्ड कार्यालय सम्म भ्रष्टाचारको भएको पनि देखेका छौं

यतिमात्र होइन तिमिलाई भोट हाल्दा कोव बदलामा सुदुरपश्चिमेली जनता उत्ताउला हुन्छन् भनेर तिमिले जिस्क्याएर मजाग उडाएको कठोर अपमान पनि सहेका छौं । तिमिले हामीलाई उत्ताउला भनिरहदा यता मन्त्री सांसद प्रदेश सरकारले पनि तिमिसंगै दुई दात देखाएर हासेको सम्झना पनि हृदयमा अमिट रहने गरि सम्झना राखेका छौं हामी जनताको मजाग हुदा ती अरिगाँल सेना र हनुमान भक्तहरुले ताली बजाएर जनताको अपमानजनक दृश्यको साक्षी भएर जनतालाई उत्ताउलो नाममा सम्बोधन गरेको स्मरण राख्दै तपाईंको त्यो कठोर जवाफ अर्थ पनि खोजेका छौ

उक्त उत्ताउला शव्दको अर्थ ब्रुहत नेपाली शब्दकोष अनुसार उत्ताउलो . चंन्चले , उत्ताउलो . लाज नभएको , उत्ताउलो . अधर्य , उत्ताउलो . हल्का स्वभाव भएको यी अर्थ लाग्ने हुदा। प्रधानमन्त्री ज्यू १ यसको जवाफ तपाईं र तपाईंको पार्टीले दिनै पर्छ अन्यथा जनता यो अपमान सहन सक्दैनन् ।किन यो भूमि माहान क्रान्तिकारी भिमदत्त र दशरथ चन्दको जन्मभूमि हो ।
लेखक मिनराज बडु
केन्द्रिय सदस्य
जनता समाजवादी पार्टी नेपाल



बिहिबार २५, बैशाख २०७७ ०७:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.