जनता समाजवादी पार्टीको तेश्रो वरियातामा को  ?

Yugnepal     1107 पटक पढिएको    

जनता समाजवादी पार्टीको तेश्रो वरियातामा को   ?


काठमाडौं। सम्भावित पार्टी विभाजनलाई रोक्न तत्कालिन राष्ट्रिय जनता पार्टी र तत्कालिन समाजवादी पार्टीले बुधबार मध्यरातमा पार्टी एकीकरण घोषणा गरे। हतार हतारमा पार्टी एकीकरण गर्दा दुई जना अध्यक्षको मात्र टुंगो लाग्यो।

दुई जना अध्यक्षमध्ये मयार्दाक्रममा पहिलो अध्यक्ष महन्थ ठाकुर र दोश्रो अध्यक्षमा बाबुराम भट्टराईलाई राख्ने टुंगो भयो। यी दुई बाहेक अन्य नेताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पछि छलफल गर्दै निर्णय गर्ने भनी बुधबारको बैठक टुंगियो। तर अब यो विषयलाई टुंगोमा पुर्‍याउन नव गठित जनता समाजवादी पार्टीकोलागि निकै चुनौतीपूर्ण हुने छ।

राजपामा ६ जना अध्यक्ष छन्। समाजवादी पार्टीबाट अरु ६ जना अध्यक्ष थपेर १२ जनाको अध्यक्ष मण्डल बनाउने भन्ने एउटा बिकल्प छ। तर यो बिकल्पमा दुबै पार्टीका नेताहरु मान्न तयार छैनन। १२(१२ जनाको अध्यक्ष मण्डल बनाउनु हुन्न भन्नेमा दुबै पार्टीका नेताहरू सहमत छन्। महन्थ र बाबुराम पछि तेश्रो वरियतामा उपेन्द्र यादव, चौथोमा राजेन्द्र महतो, पाँचौमा अशोक राईलाई राख्न तत्कालिन समाजवादी पार्टीका नेताहरूको प्रस्ताव छ। तर महेन्द्र यादव र शरतसिंह भण्डारी पनि आफूलाई अध्यक्ष मण्डलभित्रै राख्नु पर्ने अडानमा छन्।

त्यसो त राजपाको अध्यक्ष मण्डलमा रहेका अनिल झा र राजकिशोर यादवलाई कसरी व्यवस्थापन गर्ने भन्ने अर्को समस्या छ। यी दुइ नेता सुरु देखि नै असन्तुष्ट छन्। यतीसम्म कि पार्टी एकीकरण प्रक्रियामा उनीहरू सहभागी भएनन्। झा र यादव न वार्तामा गए न पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे। यतीसम्म कि उनीहरू  पार्टी एकीकरण गरिएको विषयमा जानकारी गराउन संसद सचिवालयमा पनि गएनन्। स्रोतको दावी छ, अध्यक्षभन्दा मुनिको पदमा राखे आफूहरूले नमान्ने सन्देश उनीहरूले ठाकुर र भट्टराईलाई दिइसकेका छन्।

तत्कालिन समाजवादी पार्टी सरकारबाट बाहिरिनु अघि तत्कालिन राजपा र समाजवादी पार्टीवीच भएको पछिल्लो एकीकरण वार्तामा राजपाका नेताहरूले मयार्दाक्रमा पहिलो अध्यक्षमा ठाकुर, दोश्रो अध्यक्षमा भट्टराई र तेश्रो अध्यक्षमा अशोक राइलाई राख्न प्रस्ताव गरेका थिए। पहिलो अध्यक्षले मधेसबाट प्रतिनिधित्व गर्ने, दोश्रो अध्यक्षले खश क्षेत्री समुदायबाट प्रतिनिधित्व गर्ने र तेश्रो अध्यक्षले जनजाती समुदयाबाट प्रतिनिधित्व गर्ने भएकोले तीन जना अध्यक्ष राख्दा यसबाट  एकदमै राम्रो सन्देश जान तत्कालिन राजपाका नेताहरूले प्रस्ताव गरेका थिए।

तर यस प्रस्तावलाई तत्कालिन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रले ठाडै अस्विकार गरे। यसपछि औपचारिक वार्ता अघि बढ्न सकेको थिएन। समाजवादी पार्टी सरकारबाट बाहिरिए पछि अनौपचारिक वार्ता पटक पटक भए तर नेतृत्वको विषयमा भने गम्भिर वार्ता भएन।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए पछि तत्काल एकीकरण वार्ता गर्न दुवै पार्टीलाई बाध्यतात्मक स्थिति आयो। यसमा तत्कालिन राजपाभन्दा समाजवादी पार्टीलाई बढी दबाब सिर्जना भयो। उपेन्द्रलाई थाँहा थियो कि बुधबार राती दुई पार्टीवीच एकीकरण घोषणा नगरे बिहीबार पार्टी फुट्छ। 

त्यसैले पनि बुधबार राती पार्टी एकीकरणई जसरी भए पनि टुंगोमा पुर्‍याउनै पर्ने बाध्यता यादवलाई थियो। त्यसैले पहिलो अध्यक्षमा ठाकुरलाई मान्न यादव सजिलै तयार भए। दोश्रो मयार्दामा भट्टराइलाई राख्न राजपाका नेताहरूले नै प्रस्ताव गरे। अब तेश्रो मयार्दामा उपेन्द्रलाई राख्नु पर्ने माग तत्कालिन समाजवादी पार्टीका नेताहरूको छ। तेश्रोमा उपेन्द्रलाई राखे चौथौमा कसलाई राख्नेरु अर्को समस्या छ।

तत्कालिन राजपामा केन्द्रिीय सदस्य ९ सयको हाराहारीमा छन्। यसैगरी तत्कालिन समाजवादी पार्टीमा केन्द्रीय सदस्य साढे चार सयको हाराहारीमा छन्। यहाँसम्म कि राजपामा महासचिव ३२ जना छन र उपाध्यक्ष ३१ जना छन। यी पदाधिकारीहरूको कसरी व्यवस्थापन गर्ने रु यो विषयलाई टुंग्याउन अबको नेतृत्वलाई धेरै नै चुनौतीपूर्ण छ।

बुधबार टुंगोा लागेको ३ वटा विषय मात्र हो। एउटा पार्टीको नाम, दाश्रो चुनाव चिन्ह र झण्डा र तेश्रो दुइ जना अध्यक्ष। यो बाहेक अरु सबै विषयमा टुंगो लगाउनु बाँकि नै छ। यहाँसम्म कि सैद्धान्तिक विषयमा पनि टुंगो लगाउन बाँकि छ। समाजवादी पार्टीले प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छ भने तत्कालिन राजपा अहिलेको जस्तो मिश्रित निर्वाचन प्रणाली र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा छ। यस विषयलाई पनि टुंगो लगाउन नेतृत्वकोलागि अरु चुनौती हुने छ। हाम्राकुरा बाट साभार



शनिबार १३, बैशाख २०७७ ११:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.