आन्दोलनका क्रममा सुदूरपश्चिममा ६ सय ९१ सवारी साधनमा क्षति

युग संवाददाता     107 पटक पढिएको    

आन्दोलनका क्रममा  सुदूरपश्चिममा ६ सय ९१ सवारी साधनमा क्षति

 


धनगढी जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशमा ६ सय ९१ सवारी साधनमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । आन्दोलनका क्रममा विभिन्न जिल्लामा भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिका कारण सरकारी, राजनीतिक दलका तथा निजी सम्पत्तिहरूमा ठूलो क्षति भएको प्रहरीको भनाइ छ ।


प्रहरीका अनुसार क्षति भएका सवारी साधनमध्ये १ सय ५७ वटा सरकारी कार्यालयमा प्रयोग भइरहेका चार पांग्रे गाडी छन् । दुई पांग्रे र चार पांग्रे गरी कुल ६ सय ९१ वटा सवारी साधन क्षतिग्रस्त भएका छन् । आन्दोलनकारीले सरकारी कार्यालय, पार्टी कार्यालयदेखि निजी संरचनासम्म आक्रमण गरेपछि ठूलो भौतिक क्षति भएको जनाइएको छ । त्यसैगरी, आन्दोलनका क्रममा ४० वटा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड भएको र ३८ वटा निजी संरचनामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ

अहिले सम्मको तथ्याङ्क संकलनका आधारमा क्षति भएका सम्पत्तिको मुचुल्का समेत उठाइसकिएको प्रहरीले जानकारी दिएको छ । आन्दोलनले प्रदेशको विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएको छ । आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको छ । प्रहरीले क्षतिको विस्तृत विवरण संकलन गरी सम्बन्धित निकायमा पेस गरिसकेको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभादेखि स्थानीय तहसम्मका कार्यालयहरूमा आक्रमण भएपछि प्रदेशको प्रशासनिक कामकाज लामो समय अवरुद्ध भएको थियो । अहिले भने कार्यालय आंशिक रूपमा सञ्चालनमा आएका छन् ।



मङ्गलबार ०७, असोज २०८२ ०३:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal