नाउपाको अध्यक्षबाट रञ्जितालाई हटाउने प्रस्ताव पारित

युग संवाददाता     158 पटक पढिएको    

नाउपाको अध्यक्षबाट रञ्जितालाई हटाउने प्रस्ताव पारित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ ।


बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको महासचिव ठाकुरसिंह थारुले जानकारी दिए ।

अध्यक्ष कसलाई बनाउने भन्नेबारे अहिले छलफल चलिरहेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि बास्तोलाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै बास्तोलालाई कार्यबाहक तोकेकी थिइन् ।

तर, उक्त विषय आफू र पार्टी सदस्यलाई चित्त नबुझेको भन्दै सो पार्टीका संरक्ष रेशम चौधरीसहितका नेताहरूले असन्तुष्टि राखेका थिए । रञ्जितालाई अनुशासन समितिले कारबाही गरेको थियो ।

रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले निर्वाचन आयोगलाई पनि दिइसकेको छ । रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो ।

 



बुधबार १५, साउन २०८२ ०४:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal