कांग्रेस केन्द्रिय पदाधिकारी बैठकको  निस्कर्ष  दुईवटै अध्यादेश फिर्ता गर्न सरकारलाई आग्रह

युग संवाददाता     1648 पटक पढिएको    

कांग्रेस केन्द्रिय पदाधिकारी बैठकको  निस्कर्ष  दुईवटै अध्यादेश फिर्ता गर्न  सरकारलाई  आग्रह

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकारले हिजो ल्याएका दुई अध्यादेश फिर्ता लिन आग्रह गरेको  छ । दुई अध्यादेश फिर्ता लिन दवाव, आग्रह ,अपील गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

“यो विषय हाम्रो आन्तरिक छलफलको क्रममा छ । यस बारेमा अहिले हामीले केही परामर्श गरेका छौं । यस बारेमा उपयुक्त कुरा भोलीमात्रै तपाईंले जानकारी पाउनु हुनेछ,” उनले भने, “अहिले जम्माजम्मी सरकारले ल्याएको विधेयक अध्यादेशको खेद व्यक्त गरेका छौं । भत्र्सना गरेका छौं । विधेयक फिर्ता लिने गरी सरकारलाई अपिल गरेका छौं ।”

पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बसेको बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गरेको हो ।  सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबाट प्रतिपक्षी दलका नेताको सहभागिता विना नै संवैधानिक परिषदको बैठक बस्ने र निर्णय गर्न सक्ने प्रावधान राखिएको छ । यसलाई कांग्रेसले संविधानमाथिको प्रहार भनेर टिप्पणी गरेको छ । कोरोनाको महामारीरिुद्ध लड्ने बेलामा सरकारले अध्यादेश ल्याएपछि ‘बेमौसमको बाजा’ भनेर सरकारको आलोचना भइरहेको छ ।
 



मङ्गलबार ०९, बैशाख २०७७ ०१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal