अफगानिस्तान भडपमा २० सैनिकसहित ४२ को मृत्यु

सैनिकसहित ४२ को मृत्यु

Yugnepal     840 पटक पढिएको    

अफगानिस्तान भडपमा २० सैनिकसहित ४२ को मृत्यु

कुन्दुज, अफगानिस्तान, २० माघ सिन्ह्वा
अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । 

उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका सार्थ २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानीय अधिकारीले नाम गोप्य राख्ने शर्तमा बताए । 

घाइते बनेका केही लडाकूलाई विद्रोहीले लिएर भागेका पनि उनले बताए । 

यसैबीच उत्तरी क्षेत्रका लागि राष्ट्रिय सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे जानकारी नगराईकन २२ जना तालिवान लडाकूको मृत्यु भएको र १८ जना घाइते भएका बताए । रेजाइले विद्रोही अहिले भीडन्त भएका स्थानहरूबाट भागिसकेका बताउनुभयो । 

घटनामा दर्जनौँ सुरक्षाकर्मीको मृत्यु भएको र करिब ३० जना घाइते भएका एक स्थानीयले बताए । 

तालिवान समूहका प्रवक्ता जाविहुल्ला मजाहिदले सञ्चारमाध्यमहरूलाई दिएको जानकारीमा विद्रोही लडाकूले सरकारी सुरक्षाफौजमाथि गरेको कारबाहीमा शुरूमा १० जना प्रहरीको मृत्यु भएको र केही सुरक्षा चौकीहरूलाई लिने क्रममा थप केही सुरक्षाकर्मीको मृत्यु भएको बताए ।



बुधबार २३, माघ २०७५ ०८:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal