लकडाउन लम्बिए कृषिमा ठूलो असर

युग संवाददाता     1178 पटक पढिएको    

लकडाउन लम्बिए कृषिमा ठूलो असर

धनगढी। हप्तै पिच्छे भएका हिउँदे वर्षाका कारण समस्यामा परेको कैलाली कञ्चनपुरको कृषिमा कोरानाले खासै असर पार्न सकेको छैन ।
हिउँदे मुख्यवाली गहुँ र मसुरो नपाकेको तथा लाही, केराउ लगायतका वाली उठाइसकेको हुना खासै असर नपरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव तथा प्रवक्ता खगेन्द्र शर्माले किसानहरू आफ्नो खेतमा जाने क्रम चलिरहेपनि बालीमा मल, औषधि दिने क्रम रोकिएको बताए ।
उनले अहिले वाली नपाकेकाले फाटफुट रूपमा किसान खेततिर देखिने गरेको बताए । उनले खेती हेरचाह गर्न नरोकिए पनि बजार बन्द रहेको हुनाले आवश्क परेमा मल, बीउ र औषधि किनेर खेतमा हाल्न नसकिने स्थिति आएको बताए ।
बरिष्ठ वागवानी अधिकृत शर्माले सुदूरपश्चिममा चैते धान पनि छिट्टै लगाइने भएकाले चैते रोपाई अन्तिम चरणमा पुगेको बेला लकडाउन भएको बताए । उनले चैते रोपाईमा खासै असर नपरेको बताउँदै चैते रोपाई सकिनै लागेको बताए ।
१० दिने लकडाउनले कृषिमा खासै असर नपरेपनि लकडाउनको अवधि थपिएमा बाली स्याहार्न ठुलो समस्या उत्पन्न हुने देखिएको छ । मसुरो र गहुँ पाक्ने समय आएको हुनाले लकडाउन लम्विएमा बाली उठाउन समस्या हुने शर्माले बताए । उनले मसुरो गहुँ स्याहार्न ठूलो मास खेतमा जानुपर्ने भएको हुनाले समस्या पैदा हुने बताए ।
गहुँ स्याहारे लगत्तै धानको बीउ राख्नुपर्ने र बजार नखुलेमा किसानलाई बीउ पाउन मुस्किल भएर धानबालीमा समेत असर पर्ने देखिएको उनले बताए ।



शनिबार २२, चैत २०७६ ०३:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal