प्रदेशमा एक हजार सात सय सात जना क्वारेन्टाइनमा

Yugnepal     1173 पटक पढिएको    

प्रदेशमा एक हजार सात सय सात जना क्वारेन्टाइनमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका नौ जिल्लाका एक हजार सात सय सात जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

कोभिड १९ को रोकथामका लागि प्रदेशका दुई वटा प्रादेशिक अस्पताल, सात वटा जिल्ला अस्पतालसहित स्थानीय तह र नेपाली सेनाले स्थापना गरेको तीन हजार नौ सय ७३ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार कैलालीमा एक हजार २० वेडको क्वारेन्टाइन स्थापना गरिएको छ । जसमा अहिले तीन सय ३७ जनालाई राखिएको छ ।

यस्तै, कञ्चनपुरमा तीन सय एक वेड स्थापना भएकोमा ३४ जना, डडेल्धुरामा चार सय ६१ बेडमा ३९, डोटीमा पाँच सय १७ बेडमा तीन सय ९८, अछाममा एक सय ७१ बेडमा ६५ जना राखिएको जनाइएको छ ।

यस्तै, बाजुरामा चार सय ७० बेडमध्ये ५८, दार्चुलामा तीन सय ३१ बेडमध्ये एक सय ६८, बैतडीमा सात सय दुई बेडमा तीन सय १० जना र बझाङमा दुइ सय ९८ जनालाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

यस्तै, प्रदेशमा दुई सय ४९ बेडको आइसोलेसन स्थापना गरिएको छ । कोरोना संक्रमणको आशंकामा ४३ जनालाई भर्ना गरिएकोमा ३२ जना डिस्चार्ज भइसकेको जनाइएको छ ।

प्रदेशमा हालसम्म शंकास्पद ४७ जना विरामीको स्वाव संकलन गरिएको छ । संकलन गरिएको ४७ नमुनामध्य ३१ को रिपोर्ट आइसकेको जनाइएको छ । ३१ रिपोर्टमध्ये एक जनामा कोरोना संक्रमण देखिएको थियो भने अन्य ३० मा नेगेटिभ देखिएको छ ।



बुधबार १९, चैत २०७६ ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal